२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा रवि लामिछाने, सिके रावत लगायतका नेताहरू पगेका छन् ।
नेसपा राष्ट्रिय महाधिवेशन आयोजक समितिले आज (बुधबार) काठमाडौंमा पार्टी स्थापना दिवस कार्यक्रम गरेको छ ।
उक्त कार्यक्रममा नयाँ पार्टीका नेतृत्वहरू पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सिके रावत लगायतका नेताहरू कार्यक्रममा उपस्थित छन् ।

त्यस्तै जनता पार्टीका अध्यक्ष प्रभु शाह र विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटा पनि कार्यक्रममा सहभागी छन् ।
खगेन्द्र संग्रौला, युग पाठक लगायत प्रसिद्ध लेखक तथा विश्लेषकहरू पनि कार्यक्रममा सहभागी छन् ।
तर नेसपाको स्थापना दिवसमा पुराना राजनीतिक दलहरूका कुनै पनि नेतृत्व सहभागी भएका छैनन् ।
पार्टी केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठले पुराना दलहरूलाई निम्तो नगरिएको बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij