Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

राजनीति

अध्यक्ष नेपाललाई प्रश्न : झलनाथ खनालले नेकपा (एस) विभाजन गर्न लागेका हुन् ?   

अध्यक्ष नेपाललाई प्रश्न : झलनाथ खनालले नेकपा (एस) विभाजन गर्न लागेका हुन् ?   


  • 5.0K
    Shares

    अध्यक्ष नेपाललाई प्रश्न : झलनाथ खनालले नेकपा (एस) विभाजन गर्न लागेका हुन् ?   
    images

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटाउने प्रयास भएको बताएका छन् । 

    बुधबार पोखरामा पार्टी निकट पत्रकार संगठनले कास्कीको पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले पार्टी फुटाउन खोजको हल्ला आफूले पनि सुनेको तर, त्यो हल्ला असफल बनाइदिएको बताएका हुन् । 

    पार्टी सम्मानित नेता झलनाथ खनालले पार्टी विभाजन गर्न लागेका हुन् भन्ने पत्रकारहरूको प्रश्नमा उनले भने, ‘पार्टी फोर्ने दुस्साहस गरेको छ भने सफल हुँदैन । हल्ला चलेको हो । मैले संसदीय दलको बैठक बोलाएको हो । दलको बैठक बोलाउँदा एकताबद्ध भएर अगाडि बढ्ने वक्तव्य दिएको हो । फाटफुट, आयाराम(गयाराम भैरहन्छ । गयारामभन्दा आयाराम बढी छन् ।’

    अध्यक्ष नेपालले पार्टी फुटाउन लागेको सूचना कोही कसैले पाए आफूलाई उपलब्ध गराउन पत्रकारहरुलाई आग्रहसमेत गरेका छन् । 

    प्रकाशित मिति :जेठ ३० २०८१ बुधवार - ११:४७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij