Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

अन्तर्राष्ट्रिय

नाइजेरियामा बन्दुकधारीद्वारा २६ जनाको हत्या, दर्जनौं अपहरित

नाइजेरियामा बन्दुकधारीद्वारा २६ जनाको हत्या, दर्जनौं अपहरित


  • 2.1K
    Shares

    नाइजेरियामा बन्दुकधारीद्वारा २६ जनाको हत्या, दर्जनौं अपहरित
    images

    बन्दुकधारीहरूको आपराधिक समूहले उत्तरपश्चिमी नाइजेरियाको एउटा गाउँमा आक्रमण गरी चार प्रहरीसहित २६ जनाको हत्या गरेका र दर्जनौंलाई अपहरण गरेको छ । 

    “लुटेराहरूले आइतवार गिदान बोका गाउँमा आक्रमण गरी २६ जनाको हत्या गरेका र दर्जनौं बासिन्दाहरूलाई अपहरण गरेका छन् । यसमा अधिकांश महिला र बालबालिका छन्,” काङ्कारा जिल्लाका राजनीतिक प्रशासक अनस इसाले एएफपीलाई बताए । अपहरणमा परेकाहरुको सङ्ख्या पत्ता लगाउन आफ्नो कार्यालयले काम गरिरहेको इसाले बताए ।

    कात्सिना प्रहरीले सोमबार ढिलो एक विज्ञप्ति जारी गर्दै आक्रमणको पुष्टि गरेको छ ।

    “सशस्त्र डाकुहरूले गिदान बोका गाउँमा आक्रमण गरको र १५ जना व्यक्तिको मृत्यु र दुई जना घाइत भएकोे,“ प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ । 

    अपराधीहरूले भाग्ने क्रममा नजिकैको नकवाबो गाउँका पाँच जना बासिन्दालाई पनि गोली हानेर हत्या गरेका थिए ।

    राष्ट्रपति बोला अहमद टिनुबुले एक विज्ञप्तिमा, ‘भयानक र भयावह’ आक्रमणको निन्दा गरेका छन् । सशस्त्र समूहविरुद्ध अझै धेरै कारबाही गरिने उनले बताए । 

    भारी हतियारधारी गिरोहहरूद्वारा आङ्कित कट्सिना उत्तरपश्चिमी र मध्य नाइजेरियाका धेरै राज्यहरूमध्ये एक हो । यहाँ आपराधिक गिरोहले फिरौतीको लागि सामूहिक अपहरणका साथै घरहरू जलाउने र लुट्ने काम गर्छन् ।

    जाम्फारा, कात्सिना, कादुना र नाइजर राज्यहरूमा फैलिएको विशाल जङ्गलमा शिविरहरू राख्ने गिरोहहरूले पछिल्ला केही वर्षमा विद्यालयबाट विद्यार्थीहरूलाई अपहरण गरेका घटनाहरू समाचारमा आएका छन् । 

    डाकुले भर्खरै विशेष गरी कात्सिना र जाम्फारा राज्यहरूमा आक्रमणहरू बढाएका छन् ।

    प्रकाशित मिति :जेठ ३० २०८१ बुधवार - ०९:४५:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij