Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

राष्ट्रिय सभा  

सांसदहरूको प्रश्न : सदनमा उठाएका विषयमा किन सुनुवाइ हुँदैन ?

सांसदहरूको प्रश्न : सदनमा उठाएका विषयमा किन सुनुवाइ हुँदैन ?


  • 2.1K
    Shares

    सांसदहरूको प्रश्न : सदनमा उठाएका विषयमा किन सुनुवाइ हुँदैन ?
    images

    काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले आफूहरुले बैठकमा उठाएका जनजीविकासम्बन्धी सवालमा सरकारले जवाफदेहिता नदेखाएको टिप्पणी गरेका छन् । 

    सभाको आजको बैठकको शून्य समयमा सांसद कमला पन्तले भने, “हामी संसद्मा जनजीविकाबारे बोल्छौ तर कुनै पनि विषयमा सरकारले सुनवाइ गरेको जस्तो लाग्दैन ।” उनले सांसदले उठाएका विषयमा सातामा एकपटक भए पनि सरकारले जवाफ दिनुपर्ने माग गरे । 

    सांसद कृष्णप्रसाद पौडेलले मौसमविद्हरुले यस वर्ष सरदरभन्दा बढी पानी पर्ने भनेर विश्लेषण गरेको र तराईमा बाढी र डुबानका कारण करिब १८ लाख मानिस प्रभावित हुनसक्ने अनुमान गरिएको बताए ।

    साथै उनले बाढी पहिरोको उच्च जोखिममा भएका नागरिकलाई सरकारले सुसुचित गरिएको भएपनि  जनधनको क्षति न्यूनीकरण गर्ने योजना के छ ? भनी प्रश्न गरे ।

    सांसद गोमादेवी तिमिल्सिना देशभर साना र ठूला गरी ५६ वटा विमानस्थल भएपनि १३ वटा अन्तर्राष्ट्रिय र क्षेत्रीय स्तरका रहेको तर विभिन्न जिल्लामा भएका १२ वटा विमानस्थल गौचरणमा परिणत भएको बताए ।

    सांसद दुर्गा गुरुङले सुर्खेतको वीरेन्द्रनगरमा बत्ती भएपनि भोल्टेज नपुग्ने र धारामा पानी नआउने समस्या रहेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए । 

    सांसद नारायणदत्त मिश्रले नेपालमा मनसुन भित्रिसकेको उल्लेख गर्दै सुदुरपश्चिमका टीकापुर, भजनी र जोशीपुरमा सधैँ बाढीको समस्या हुने गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।

    सांसद भुवनबहादुर सुनारले सरकारले कृषिलाई प्राथमिकता दिएपनि कति कृषि बाली र फलफूलहरु मौसमी मात्र रहेको भण्डारको समस्या रहेको अवगत गराउँदै शीत भण्डारलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरे ।

    सांसद मदनकुमार शाह गरिमाले रसी सेनामा नेपाली युवा भर्ना भएको र तीमध्ये कैयौँको मृत्यु भएको तथा केही बेपत्ता भएको विषयमा सरकारको ध्यानाकर्षण गराए । 

    सांसद युवराज शर्माले नेपालमा सञ्चालित उद्योगहरुको बक्यौता रहेको विद्युत् महसुलका सम्बन्धमा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । 

    प्रकाशित मिति :जेठ २९ २०८१ मंगलवार - १४:३८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij