Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

संसद् बैठक

सांसद ज्ञानेन्द्र शाहीको प्रश्न : गृहमन्त्रीज्यू गिरीबन्धु टी–स्टेटको फाइल कहिले खोल्नुहुन्छ ? 

सांसद ज्ञानेन्द्र शाहीको प्रश्न : गृहमन्त्रीज्यू गिरीबन्धु टी–स्टेटको फाइल कहिले खोल्नुहुन्छ ? 


  • 3.5K
    Shares

    सांसद ज्ञानेन्द्र शाहीको प्रश्न : गृहमन्त्रीज्यू गिरीबन्धु टी–स्टेटको फाइल कहिले खोल्नुहुन्छ ? 
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र बहादुर शाहीले गिरीबन्धु टी–स्टेटको फाइल कहिले खोल्नहुन्छ भनेर गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन् ।

    संसदको शून्य समयमा विशेष समय लिएर बोल्दै सांसद शाहीले गृहमन्त्री रवि लामिछानेलाई गिरीबन्धुको फाइल कहिले खुल्नुहुन्छ भन्दै प्रश्न गरेका हुन् । 

    सांसद शाहीले गिरीबन्धु, वाइडबडी, फोर जी, मेलम्ची, टेरामक्स फाइल कहिले खुल्छ भन्दै प्रश्न गरेका छन् । 

    उनले जीबी राई ठूलो की सरकार ठूलो भन्दै अहिले जीबी राई ठूलो देखिएको बताउँदै उनले सरकारले जीबी राईलाई पक्राउ गर्न नसकेको आरोप लगाए । उनले जीबी राईलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । 

    उनले भने, ‘आकासमा भए पनि पातालमा भए पनि जीबी राईलाई खोजेर ल्याउँछु भनेर गृहमन्त्रीले भन्नु भएको थियो, कहिले ल्याउनुहुन्छ, हामीले हेरेर बसेका छौं ।’

    सांसद शाहीले सुदूरपश्चिमकी चेली निर्मला पन्तका हत्याराको कहिले पत्ता लाग्छ भन्दै गृहमन्त्रीलाई प्रश्न गरेका छन् । 

    प्रकाशित मिति :जेठ २९ २०८१ मंगलवार - १०:३९:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij