२०८२ भाद्र २६ गते बिहिवार
भारतमा लोकसभाको निर्वाचन सकिएको छ र नरेन्द्र मोदीले आफ्नो तेस्रो कार्यकाल समेत सुरु गरेका छन् ।
यसैबीच यस निर्वाचनमा एक मात्र श्रीमान्–श्रीमतीको जोडी संसदमा निर्वाचित भएको छ । भारतको उत्तर प्रदेशबाट समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव र डिम्पल यादवको जोडी भारतीय लोकसभामा एक मात्र जोडीको रुपमा लोकसभामा पुगेको छ ।
पार्टी प्रमुख अखिलेश यादव र उनकी पत्नी डिम्पल यादव लोकसभामा सँगै निर्वाचित भएको यो पहिलोपटक हो । अखिलेश आफ्नो परम्परागत सिट कन्नौजबाट सांसद निर्वाचित भएका छन् भने उनकी पत्नी डिम्पल यादव छिमेकी मैनपुरी सिटबाट सांसद निर्वाचित भएकी छन् ।
दुवैले कीर्तिमानी मत अन्तरले विजयी भएका छन् । डिम्पल यादव समाजवादी पार्टीबाट सबैभन्दा बढी मतले विजयी भएका सांसदहरूमा शीर्ष स्थानमा छन् ।
उनीपछि उनका श्रीमान् अखिलेश यादवको जित पार्टीमा दोस्रो स्थानमा छ । यो पनि फरक किसिमको कीर्तिमान हो । यस्तो अवस्थामा लोकसभाको कार्यवाहीका क्रममा दुवैजना सदनमा उपस्थित हुँदा सबैको नजर उनीहरुमाथि नै रहनेछ । यो पनि चाखलाग्दो हुनेछ कि त्यहाँ दुवै एक अर्काको नजिक बस्ने ठाउँ हुन्छ या हुँदैन ।
२०१९ को लोकसभा चुनावमा अखिलेश यादव र उनकी श्रीमती डिम्पल यादवले सँगै चुनाव लडेका थिए तर सदस्यहरू सँगै निर्वाचित हुन नसकेपछि सँगै सदनमा पुग्न सकेनन् । अखिलेश यादवले आजगमगढबाट चुनाव जितेका थिए । कन्नौजबाट डिम्पल यादवले उम्मेदवारी दिए पनि जित्न सकिनन् ।
तर, सपाका संस्थापक मुलायम सिंह यादवको निधनपछि मैनपुरी सिट खाली भएपछि डिम्पल यादव त्यहाँबाट उपनिर्वाचन जितेर सदनमा पुगिन् । १० महिनापछि डिम्पल उपनिर्वाचन जितेर लोकसभा पुगेकी थिइन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij