Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

राजनीति

संसद् बैठक मंगलबारका लागि आह्वान 

संसद् बैठक मंगलबारका लागि आह्वान 


  • 2.2K
    Shares

    संसद् बैठक मंगलबारका लागि आह्वान 
    images

    काठमाडौं । संघीय संसद्को अर्को बैठक यहीँ जेठ २९ गते मंगलबार बिहान ११ः०० बजेका लागि आह्वान गरिएको छ । 

    मन्त्रालयहरुबाट प्राप्त वार्षिक विकास कार्यक्रमसम्बन्धी पुस्तक सांसदहरुलाई अध्ययन गर्न समय उपलब्ध गराउनु परेकाले आजका लागि निर्धारित बैठक स्थगन गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।

    सभामुख देवराज घिमिरेसहित उनको सरकारी निवासमा संसदमा प्रतिनिधित्व गरेका मुख्य दलका प्रमुख सचेतकसँग आज बिहान भएको बैठकले बजेट पुस्तिकामा उल्लिखित विविध विषयमा सांसदहरुलाई अध्ययन गर्न समय दिनुपर्ने भएकाले प्रतिनिधिसभाको आज तय गरिएको बैठक स्थगन गर्ने निर्णय गरेको हो । 

    बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची थियो । संसद् सचिवालयले आजका लागि विनियोजन विधेयकअन्तर्गत वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल गर्ने कार्यक्रम तय गरेको थियो ।  

    प्रकाशित मिति :जेठ २७ २०८१ आइतवार - ११:४२:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij