Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

छिमेकी

नरेन्द्र मोदीको शपथग्रहण समारोहमा कुन-कुन देशबाट को-को सहभागी हुन पुगे ?

नरेन्द्र मोदीको शपथग्रहण समारोहमा कुन-कुन देशबाट को-को सहभागी हुन पुगे ?


  • 2.7K
    Shares

    नरेन्द्र मोदीको शपथग्रहण समारोहमा कुन-कुन देशबाट को-को सहभागी हुन पुगे ?
    images

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको लागि लिने शपथ ग्रहण कार्यक्रममा सहभागी हुन विभिन्न देशका पाहुना दिल्ली पुग्न थालेका छन् । 

    यसै क्रममा आइतबार बिहान माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्यू दिल्ली पुगेका छन् । पछिल्लो समय भारतसँग सम्बन्ध राम्रो नभएका मुइज्यूले भारतीय प्रधानमन्त्रीको निमन्त्रणा स्वीकार गरी दिल्ली गएका हुन् । 

    मुइज्यूले केही महिनाअघि माल्दिभ्समा भएको राष्ट्रपति निर्वाचनअघि भारत विरोधी अभियान चलाएका थिए । उनले आफू राष्ट्रपति भएका बेला माल्दिभ्समा रहेका भारतीय सेनालाई फिर्ता पठाउने प्रतिबद्धता जनाएका थिए । 

    राष्ट्रपति भएपछि उनले भारतीय सेनालाई फिर्ता समेत पठाएका थिए । मुइज्यू शपथग्रहण कार्यक्रममा सहभागी हुन आएपछि अब माल्दिभ्स र भारतबीचको सम्बन्ध सुध्रिने विश्वास धेरैले लिएका छन् । 

    बंगलादेशकी प्रधानमन्त्री शेख हसिना शनिबार नै शपथग्रहण समारोहमा सहभागी हुन दिल्ली पुगेकी छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले विभिन्न देशका पाहुना आउने क्रम जारी रहेको सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन् । 

    मौरिससका प्रधानमन्त्री प्रविन्दकुमार जगन्नाथ पनि मोदीको शपथग्रहण कार्यक्रममा सहभागी हुन दिल्ली पुगेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले जनाएका छन् । 

    नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार अपराह्न १ बजे मोदीको शपथग्रहण समारोहमा सहभागी हुन दिल्लीतर्फ जाँदै छन् । 

    प्रकाशित मिति :जेठ २७ २०८१ आइतवार - ११:१३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij