Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

समाचार

भारत जानुपूर्व प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, अतिक्रमित भूमि फिर्ता ल्याउनेबारे छलफल 

भारत जानुपूर्व प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, अतिक्रमित भूमि फिर्ता ल्याउनेबारे छलफल 


  • 3.3K
    Shares

    भारत जानुपूर्व प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, अतिक्रमित भूमि फिर्ता ल्याउनेबारे छलफल 
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जाने भएका छन् ।  ।

    त्यसअघि प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रचण्ड र ओलीबीच भएको भेटवार्तामा नेपालको अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउनेबारे छलफल भएको बालुवाटार स्रोतले बतायो । 

    प्रधानमन्त्री साथ उनकी सुपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहनेछन् । प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ ।

    भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र उनीबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ । प्रधानमन्त्री भोलि स्वदेश फर्कने कार्यक्रम छ । प्रचण्डले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो भारत भ्रमणबारे जानकारी गराएका थिए । 

    मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो । यसअघि प्रधानमन्त्रीले गत जेठमा पनि भारतको औपचारिक भ्रमण गरेका थिए । 

    सन् २०१४ मा प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए । मोदीले भारतको नेतृत्व सम्हाल्ने बित्तिकै अवलम्बन गरेका ‘छिमेक पहिले’ विदेशनीतिमा दक्षिण एसियाली राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलाई उक्त समारोहमा निमन्त्रणा गरेका थिए ।  

    प्रकाशित मिति :जेठ २७ २०८१ आइतवार - १०:११:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij