Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

एमालेसँग एकताको विषयमा माधब नेपालले भने : हिजोको कुरा बिर्सौं, तर अहिले कुनै सम्भावना छैन

एमालेसँग एकताको विषयमा माधब नेपालले भने : हिजोको कुरा बिर्सौं, तर अहिले कुनै सम्भावना छैन


  • 2.8K
    Shares

    एमालेसँग एकताको विषयमा माधब नेपालले भने : हिजोको कुरा बिर्सौं, तर अहिले कुनै सम्भावना छैन
    images

    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्काल एमालेसँग एकताको सम्भव नरहेको बताएका छन्। पूर्वप्रधानमन्त्री नेपालले शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित प्रशिक्षण कार्यक्रममा यस्तो बताएका हुन् । 

    नेकपा (एकीकृत समाजवादी) कोशी कमिटीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतको कुरा छोडेर कुनै समीक्षा नगर्दा पनि एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पार्टीप्रति सकारात्मक हुन उनले आग्रह गरे। एमालेसँग एकताका लागि एमालेले पनि चाहना देखाउन आवश्यक रहेको उनको भनाइ थियो । 

    उनले आफ्नो पार्टीप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक रहेको बताउँदै नेपालले समाजवादी मोर्चाको पुनःगठन गरेर अघि बढ्न आफूहरु अघि बढिरहेको बताए।

    केपी ओलीसँगको भेटमा आफूले राखेको विष्या उल्लेख गर्दै उनले भने, ‘मैले केपी ओली कमरेडसँगको भेटमा भनेको थिएँ। ल हेर्नुस्, प्रचण्डजीको भूमिका पोजेटिभ छ, तपाईंको पनि यस्तै पोजेटिभ हुनुपर्छ। उहाँ सुनेर बस्नुहुँदोरहेछ ज्यादा, चित्त नबुझेर होला, भित्रभित्रै मुर्मुरिएर पनि होला। मुर्मुरिने काम गर्नुहुँदैन। हिजोको कुरा पनि बिर्सौं ठीक छ, तर अहिले एमालेसँग एकताको कुनै सम्भावना देखिएन। विगतको समीक्षा नगर्दा पनि त्यो देखिएको छैन।’

    प्रकाशित मिति :जेठ २६ २०८१ शनिवार - १९:३८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij