२०८२ कार्तिक २१ गते शुक्रवार
नकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेशका मुख्यमन्त्री सांसद सतिशकुमार सिंह बनाउने निर्णय लिएका छन् । सतिश सप्तरी २(१)बाट निर्वाचित सांसद हुन् ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ घर भएका सतिशका बुवा शेखरकुमार सिंह राष्ट्रियसभा सदस्य छन् । तत्कालीन राजपा (अहिलेको लोसपा) बाट शेखर राष्ट्रियसभा सदस्य चुनिएका हुन् । सतिश पनि तत्कालीन राजपामा लामो समय सक्रिय थिए । सोही पार्टीबाट उनी ०७४ को स्थानीय तहको चुनावमा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए ।
०७९ को स्थानीय तहको चुनावमा पनि सोही पार्टीबाट पुनः गाउँपालिका अध्यक्षमा भिडेका थिए । तर पराजित व्यहोरे । त्यसपछि उनले लोसपामा भविष्य देखेनन् । र, प्रदेशसभा सदस्यमा चुनाव लड्न जनमत पार्टीमा प्रवेश गरे । जनमतको लहर देखेर चुनावी मैदानमा उत्रेका उनी निर्वाचित हुन सफल भए ।
सतिशका परिवार पुरानो धनी भएको स्थानीय बताउँछन् । अहिले पनि गाउँमा उनको परिवारको दबदबा छ । गाउँका सर्वसाधारणले उनको परिवारको सदस्यलाई ‘मालिक’ सम्बोधन गर्छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij