Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

उपेन्द्र यादवको मुद्दा हेर्दाहेर्दैमा

उपेन्द्र यादवको मुद्दा हेर्दाहेर्दैमा


  • 2.5K
    Shares

    उपेन्द्र यादवको मुद्दा हेर्दाहेर्दैमा
    images

    काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दाको  बहस नसकिएपछि हेर्दाहेर्दै राखिएको छ ।

    शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भएको थियो ।

    २३ वैशाखमा जसपा नेपालका ७ सांसदले अशोक राईको नेतृत्वमा नयाँ दल जसपा बनाएका थिए । जसलाई निर्वाचन आयोगले मान्यता दियो । त्यस विरुद्ध जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अदालत गएका थिए ।

    यसअघि इजलासले यादवको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । पहिलो सुनुवाइमा उक्त आदेश जारी भए पनि राई पक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो ।

    प्रकाशित मिति :जेठ २५ २०८१ शुक्रवार - १७:०२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij