Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

राजनीति

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत माग्दै देउवाले लेखे लिङ्देनलाई पत्र (पत्रसहित) 

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत माग्दै देउवाले लेखे लिङ्देनलाई पत्र (पत्रसहित) 


  • 4.2K
    Shares

    गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत माग्दै देउवाले लेखे लिङ्देनलाई पत्र (पत्रसहित) 
    images

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिन आग्रह गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेका छन् । 

    हेर्नुहोस् पत्र :

    गण्डकी सरकार गठनका सन्दर्भमा सर्वोच्च अदालतले संविधानको धारा १७८ को ३ बमोजिम प्रदेशसभाको ठूलो दलको हैसियतले संसदीय दलको नेता माननीय सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको एउटा विशिष्ट परिस्थितिमा अहिले प्रदेशसभा नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको नेतृत्वमा सरकार गठन भएको यहाँलाई विदितै छ ।

    प्रदेशको नीति तथा कार्यक्रम र बजेट निर्माणको संवेदनशील समय भएकाले मुख्यमन्त्रीले यही जेठ २८ गते प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नुभएको विशेष परिस्थितिमा दलको तर्फबाट विश्वासको मत प्रदान गरी सहयोग गर्नहुनका लागि अनुरोध सहित नेपाली कांग्रेसको तर्फबाट यो पत्र पठाएको छु । 

    यो विश्वासको मतले गण्डकी प्रदेश सरकार गठनमा देखिएको अस्थिरता अन्त्य गर्नेमात्रै होइन, दलहरूकाबीचमा नयाँ विश्वास र सहकार्यको वातावरण बन्नेछ भन्ने कुरामा नेपाली कांग्रेस विश्वस्त छ । 

    शेरबहादुर देउवा
    सभापति

    प्रकाशित मिति :जेठ २५ २०८१ शुक्रवार - १६:२४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij