२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । नेकपा (एमाले) उपमहासचिव विष्णु रिमाल र माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले छलफल गरेका छन् ।
उनीहरुले आज (शुक्रबार) एमाले पार्टी कार्यालय च्यासलमा आपसी छलफल गरेका हुन् ।
छलफलमा सापकोटाले पार्टी कार्यालय सञ्चालनबारे चासो व्यक्त गरेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
माओवादीका प्रचार विभाग प्रमुखसमेत रहेका सापकोटाले अवलोकनका क्रममा एमालेले प्रयोग गरेको आइटी, सामाजिक सञ्जाल र अफिस सञ्चालनको विषयमा चासो राखेको रिमालले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij