२०८२ भाद्र १ गते आइतवार
फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटको पहिलो खेलमा पोर्चुगल विजयी भएको छ । बुधबारराति भएको पहिलो खेलमा पोर्चुगलले अजरबैजानलाई १–० गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो ।
पोर्चुगलको जितमा खेलको ३६ औं मिनेटमा अजरबैजानका माक्सिम मेदभेदेबले आफ्नै पोस्टमा आत्मघाति गोल गरेका थिए ।
जुन गोल पोर्चुगलको जितमा निर्णायक बन्यो । जितसँगै छनौटको समूह ‘ए’ मा रहेको पोर्चुगलले ३ अङ्क जोडेको छ ।
यसै समूहको अर्को खेलमा सर्बियाले रिपब्लिक अफ आयरल्याण्डलाई ३–२ गोल अन्तरले हराएको छ । सर्बिया ३ अङ्क जोडेर समूहको शीर्ष स्थानमा रहेको छ । पोर्चुगल समूहको दोस्रो स्थानमा रहेको छ । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij