Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

राजनीति

जसपा अध्यक्ष उपेन्द्र यादवको रिट न्यायाधीशद्वय फुयाल र श्रेष्ठको इजलासमा

जसपा अध्यक्ष उपेन्द्र यादवको रिट न्यायाधीशद्वय फुयाल र श्रेष्ठको इजलासमा


  • 2.9K
    Shares

    जसपा अध्यक्ष उपेन्द्र यादवको रिट न्यायाधीशद्वय फुयाल र श्रेष्ठको इजलासमा
    images

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।

    उपेन्द्रले दायर गरेको रिट सर्वोच्चका न्यायाधी््शद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासा पेशी तोकिएको छ । पटक–पटक हेर्न नभ्याइनेमा परेको यो रिट सुनुवाइका लागि पेशी आठौं नम्बरमा परेको हुँदा आज सुनुवाइ हुने सम्भावना देखिएको छ ।

    यसअघि सो रिटमा गत वैशाख २७ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले दल विभाजनपछि हालसम्म भएका काम कारबाहीहरु जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा राखी गत ८ गते गते छलफका लागि उपस्थिति हुन दुवै पक्षलाई बोलाएको थियो ।

    निर्वाचन आयोगले राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएकोप्रति असन्तुष्टि जनाउँदै यादव सर्वोच्च अदालत गएका हुन् ।

    जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद छन् । अशोक राईसँग ७ जना सांसद छन् । अहिले सरकार छाडेलगतै उनी अर्को पक्षको वैधता खारेजीका माग गर्दै अदालत गएका हुन् ।

    प्रकाशित मिति :जेठ २५ २०८१ शुक्रवार - १०:३०:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij