Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

कृषि विकास बैंकद्वारा शेयरधनीलाई लाभांश रकम लिन आग्रह

कृषि विकास बैंकद्वारा शेयरधनीलाई लाभांश रकम लिन आग्रह


  • 2.8K
    Shares

    कृषि विकास बैंकद्वारा शेयरधनीलाई लाभांश रकम लिन आग्रह
    images

    काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश रकम लिन आग्रह गरेको छ ।

    बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारणसभाबाट पारित लाभांश सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा हुने व्यवस्था रहे पनि केही शेयरधनीले हालसम्म आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएकापछि बैंंकले सूचना जारी गर्दै खाता अद्यावधिक गराएर लाभांश रकम लिन आग्रह गरेको हो ।

    यसका लागि शेयरधनीले डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्य (डीपी) मा सम्पर्क गरी शेयर प्रमाणपत्र अभौतिकीकरण गर्नुपर्नेछ । साथै, बैंक खाताको विवरण अद्यावधिक गर्दा त्रुटि भई लाभांश प्राप्त नगरेका शेयरधनीलाई पनि विवरण सच्याउन बैंकले आग्रह गरेको छ । गरिएको छ ।

    पाँच वर्षसम्म पनि लगानीकर्ताको दाबी प्रस्तुत हुन नआएमा उक्त लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।

    प्रकाशित मिति :जेठ २३ २०८१ बुधवार - ०८:५०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij