Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

प्रदेश

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी केन्द्रकी कृष्णा केसी मन्त्री नियुक्त 

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी केन्द्रकी कृष्णा केसी मन्त्री नियुक्त 


  • 3.0K
    Shares

    लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी केन्द्रकी कृष्णा केसी मन्त्री नियुक्त 
    images

    काठमाडौं । लुम्बिनीमा सरकार विस्तार भएको छ ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सोमबार नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित सांसद कृष्णा केसीलाई मन्त्री नियुक्त गरेका हुन् । 

    उनलाई आजै प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराएका छन् । केसीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको जिम्मेवारी दिइएको छ ।

    योसँगै लुम्बिनी सरकार १२ सदस्यीय बनेको छ । लुम्बिनीमा यसअघि १० वटा मन्त्रालय रहेकोमा भागबन्डा मिलाउन १२ वटा मन्त्रालय पुर्याइएको छ । 

    प्रकाशित मिति :जेठ २१ २०८१ सोमवार - १६:२६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij