२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ । प्रचण्ड र नेपालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो ।
छलफलमा मधेस प्रदेश सरकार गठन र सुदूरपश्चिम मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको बुझिएको छ । सुदूरपश्चिममा एमाले र माओवादीले निर्णय नगर्दा सरकार विस्तार हुन सकेको छैन ।
त्यसै गरी मधेसमा एमाले र माओवादीले एकीकृत समाजवादीलाई सरकारबाट फिर्ता भएर नयाँ सरकार गठनका लागि सहजता प्रदान गर्न आग्रह गर्दै आएका छन् ।
तर, एकीकृत समाजवादीले मधेसमा पुरानो समीकरण अनुसार बनेको जसपा नेपाल नेतृत्वको सरकार छाड्न सकिरहेको छैन । यद्यपि मधेस प्रदेश सरकार अल्पमतमा परिसकेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij