Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नवीकरणबापतको शुल्क तिर्न सिद्धार्थ क्यापिटलको आग्रह

नवीकरणबापतको शुल्क तिर्न सिद्धार्थ क्यापिटलको आग्रह


  • 1.9K
    Shares

    नवीकरणबापतको शुल्क तिर्न सिद्धार्थ क्यापिटलको आग्रह

    काठमाडौँ । सिद्धार्थ क्यापिटल लिमिटेडले डिम्याट (हितग्राही) खातावालालाई वार्षिक नवीकरण शुल्क तिर्न भनेको छ ।

    कम्पनीले सिद्धार्थ क्यापिटल तथा सिद्धार्थ बैंकका शाखा कार्यालयमा डिम्याट खाता खोली धितोपत्र कारोबार गर्दै आएका खातावालालाई नवीकरणबापतको शुल्क तिर्न भनेको हो । 

    डिम्याट खातावालाले प्रत्येक आवको १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क तिर्नुपर्ने प्रावधान रहेअनुसार असार मसान्तभित्र शुल्क तिर्नुपर्नेछ ।

    शुल्क सिद्धार्थ क्यापिटल तथा सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालय वा इसेवा, आईएमई(पे, खल्ती, प्रभु(पे वा कनेक्ट आईपीएस जस्ता विद्युतीय भुक्तानी माध्यमबाट शुल्क तिर्न सक्नेछन् ।

    साथै, शुल्क भुक्तानी नगरेका खातावालाको डिम्याट खाता शुल्क नतिरेसम्मका लागि रोक्का गरिने पनि कम्पनीले जनाएको छ । 

    प्रकाशित मिति :जेठ २१ २०८१ सोमवार - ०८:१३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij