२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा समसामयिक विषयमा छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा विशेषगरी आजबाट सुरु भएको बजेटमाथिको छलफल, मधेस सरकार लगायतका विषयमा छलफल हुने बुझिएको छ ।
प्रधानमन्त्री प्रचण्डले आजै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालसँग पनि भेट गरेका थिए ।
प्रधानमन्त्री र ओलीबीच सिंहदरबारमा भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij