Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक, कुन देशबाट कति ?

एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक, कुन देशबाट कति ?


  • 2.4K
    Shares

    एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक, कुन देशबाट कति ?
    images

     काठमाडौं । सन् २०२४ को मे महिनामा मात्र ९० हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

    अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस महिना कूल ९० हजार २११ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । 

    सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६.१० प्रतिशतले वृद्धि भएको हो । सन् २०२३ को मेमा ७७ हजार ७०३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । प्रि–कोभिड भने यस्तो सङ्ख्या ७८ हजार ३२९ जना रहेको थियो । 

    कुन देशबाट कति ? 

    नेपाल आउने पर्यटकमध्ये भारतीय पहिलो स्थानमा छन् । पछिल्लो पाँच महिना भारतबाट मात्र १ लाख ४८ हजार ८ सय ६१ पर्यटक नेपाल आएका छन् ।

    मे २०२४ मा मात्र भारतबाट ३८ हजार २ सय ८८ नेपाल आएका छन् । दोस्रो स्थानमा चिनियाँ छन् । पाँच महिनामा चीनबाट ४६ हजार ६ सय ७१ आएका छन् । मेमा मात्र ८ हजार ३ सय ८१ चिनियाँ नेपाल आएको आँकडा छ । जुन अघिल्लो वर्षको तुलनामा ७९.६ प्रतिशत धेरै हो ।

    अमेरिकाबाट पाँच महिनामा ४५ हजार ३ सय ७३ पर्यटक नेपाल आएको तथ्यांक छ । मे २०२४ मा अमेरिकाबाट ८ हजार ५ सय २७ नेपाल आएका छन् । अघिल्लो वर्ष यसै महिना अमेरिकाबाट ८ हजार ४ सय ५४ आएका थिए ।

    २०२४ मेमा बंगलादेशबाट अघिल्लो वर्षको तुलनामा ५९.८ प्रतिशत धेरै पर्यटक आएका छन् । त्यहाँबाट कुल ३ हजार ४ सय ५८ नेपाल भ्रमणमा आएको तथ्यांक छ ।

    बेलायतबाट यो महिनामात्र २ हजार ८ सय २ जना नेपाल आएका छन् । थाइल्यान्ड, म्यानमारजस्ता मुलुकबाट भने नेपालले अपेक्षित पर्यटक भित्र्याउन सकेको छैन ।

    प्रकाशित मिति :जेठ २० २०८१ आइतवार - १२:४९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij