Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

राजनीति

गगनको चेतावनी : गृहमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाए प्रधानमन्त्रीसँग हिसाब–किताब लिइन्छ 

गगनको चेतावनी : गृहमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाए प्रधानमन्त्रीसँग हिसाब–किताब लिइन्छ 


  • 3.8K
    Shares

    गगनको चेतावनी : गृहमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाए प्रधानमन्त्रीसँग हिसाब–किताब लिइन्छ 
    images

    काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले गृहमन्त्री रवि लामिछानेले सदनमा लगाएको आरोपबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हिसाब–किताब गर्ने बताएका छन् । 

    आइतबारको प्रतिनिधिसभा बैठकमा उनले सदन चटक देखाउने ठाउँ नभएको बताए । विषयवस्तु बराल्नका लागि सूचना बेच्ने व्यक्ति सदनमा छ भनेको विषयमा हिसाबकिताब माग्ने बताए ।

    उनले भने, ‘गृहमन्त्री बरालिनुभयो भनेर हामी बरालिनुहुन्न । हिसाबकिताब त लिनैपर्छ । गृहमन्त्रीसँग लिएर भएन । हिसाबकिताब त अब प्रधानमन्त्रीसँग लिने हो । व्यक्तिगत कुरा होइन ।’ 

    उनले गृहमन्त्रीले कांग्रेसका नेताहरूलाई लगाएको आरोप प्रधानमन्त्रीले सदनको रेकर्डबाट नहटाइए प्रधानमन्त्रीसँग हिसाबकिताब लिइने बताए । 

     

    प्रकाशित मिति :जेठ २० २०८१ आइतवार - १२:०९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij