Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

राजनीति

प्रतिपक्षीसँग नेपालको खुसामदले प्रचण्ड–ओली सशंकित, तीन जनाको संयुक्त छलफल 

प्रतिपक्षीसँग नेपालको खुसामदले प्रचण्ड–ओली सशंकित, तीन जनाको संयुक्त छलफल 


  • 4.1K
    Shares

    प्रतिपक्षीसँग नेपालको खुसामदले प्रचण्ड–ओली सशंकित, तीन जनाको संयुक्त छलफल 
    images

    काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । 

    देउवा र नेपालको भेटवार्ता भएको दुई दिन पश्चात् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्तारूढ दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले माधवसँग संयुक्त छलफल गरेका छन् । 

    आज (शुक्रबार) बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्ड, केपी शर्मा ओली र माधवकुमार नेपालबीच सघन छलफल भएको हो ।

    छलफलको क्रममा समसामयिक राजनीतिका विषयमा छलफल भएको अध्यक्ष ओलीले बताए । सो क्रममा सत्तारुढ दल भएपनि नेपाल बूढानीलकण्ठस्थित देउवाको निवासमा नेपाल पुगेको बारेमा पनि छलफल भएको बताइएको छ । 

    एमालेले सत्तारुढ दल भएर प्रमुख प्रतिपक्ष दलले बोलाएको विपक्षी दलहरूको बैठकमा नेपाल सहभागी भएको विषयलाई गम्भीरताका साथ लिएको छ ।

    छलफलपछि बाहिरिने क्रममा अध्यक्ष ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै भने,  ‘समसामयिक परिस्थितिको बारेमा छलफल भएको हो ।’ 

    प्रकाशित मिति :जेठ १८ २०८१ शुक्रवार - १५:५५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij