२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । प्रमुख सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक बसेको छ ।
माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा उक्त दलको बैठक बसेको हो ।
बैठकमा जेठ १५ गते संसदमा पेश भएको आगामी वर्षको बजेट बारे छलफल हुने भएको छ ।
आइतबारदेखि संसदमा बजेट बारे छलफल हुने कार्यक्रम रहेकाले माओवादी केन्द्रले संसदमा प्रस्तुत हुने रणनीतिबारे छलफल गर्न लागेको हो ।
अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–८२ को बजेट यहीँ जेठ १५ गते संसदमा प्रस्तुत गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij