२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले अहिले सरकारमा जाने कांग्रेसको कुनै योजना नभएको बताएका छन् । चितवनमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कांग्रेसले प्रतिपक्षको भूमिका सशक्तरुपमा निर्वाह गर्ने बताए ।
कांग्रेस प्रतिपक्षको भूमिकामा रहन्छ । हामी पार्टीलाई सङ्गठन सुद्धिकरण अभियानमा लैजाने तयारीमा छौँ,’ नेता निधिले भने । संसदीय प्रणालीमा लोकतान्त्रीक शक्ति सत्तापक्षमा वा प्रतिपक्षमा बस्ने उनको भनाइ छ ।
फरक प्रसङ्गमा नेता निधिले संविधानमा मध्यावधी निर्वाचन तथा संसद् विघटन गर्ने व्यवस्था नभएको उल्लेख गरे । ‘मुलुक मध्यावधी निर्वाचनमा जाने स्थिति देखिएको छैन,’ उनले भने ।
मधेस प्रदेशमा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) सहितका दलको सरकार बन्ने सम्भावना बढेर गएको नेता निधिको भनाइ थियो । यसबारे विषयमा छलफल सकारात्मक रुपमा भइरहेको उनले जानकारी दिए । सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समिति बन्नु कांग्रेसका लागि ठूलो सफलता भएको उनले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij