२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेशमा केन्द्रीय सत्ता गठबन्धन दलहरूकै आधारमा नयाँ सरकार बन्ने बताएका छन् । उनले आज (बिहीबार) विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
प्रचण्डले केन्द्रको समीकरणभन्दा बाहिर गएर मधेस प्रदेशमा अर्को सरकार नबन्ने दाबी गरेका हुन् । उनले भने, ‘कोशीमा पनि केन्द्रकै गठबन्धन अनुसार सरकार बनेको छ । र, केन्द्रको समीकरणभन्दा बाहिर गएर मधेशमा पनि अर्को सरकार बन्दैन ।’
तर, सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्षले सरकारप्रति असन्तुष्टि जनाउँदै आएका छन् । प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारको कामकारबाहीबारे आफूलाई जानकारी नदिने भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।
यसका साथै सुदूरपश्चिम सरकार गठनमा एमालेले नसघाएको नेपालको आरोप छ । उक्त प्रदेशमा एकीकृत समाजवादीका संसदीय दलका नेता तथा मुख्यमन्त्री दीर्घ सोडारी छन् ।
सुदूरपश्चिम सरकारलाई लिएर नेपाल रुष्ट भएको स्रोत बताउँछ । यसअघि मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन खोज्दा एमालेले साथ दिएको थिएन । यद्यपि अन्ततः विश्वासको मत दिए पनि हालसम्म सरकारमा संलग्न छैन । यहीँ विषयलाई लिएर नेपाल सरकारप्रति असन्तुष्ट छन् ।
यहीँ निहुँमा उनले प्रतिपक्षी दलहरूसँगको संवादलाई अगाडि बढाएका छन् । । हिजो (बुधबार) नेपालले कांग्रेस, जसपा, लोसपा लगायतका शीर्ष नेतासँग भेटवार्ता गरेका छन् । माधवकुमार नेपालको प्रतिपक्षीसँगको साँठगाँठले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली संशकित बनेका छन् भने सत्ता समीकरण बदल्नेमा आशंका व्यक्त गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij