२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । सत्तारूढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । देउवा र नेपालले हिजो (बुधबार) अपरान्ह बुढानीलकण्ठमा भेटवार्ता भएको थियो ।
सत्तारूढ र प्रतिपक्षी दलका शीर्ष नेताद्वयबीच भेटवार्ता भएको पछिल्लो दिन अर्थात् आज (बिहीबार) एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् ।
प्रचण्ड र खनालबीच बिहान ९ः०० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । हिजो अध्यक्ष नेपाल र सांसद मेटमणि चौधरी कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निजी निवास बुढानीलकण्ठ पुगेका थिए ।
बूढानीलकण्ठमा सभापति देउवा, अध्यक्ष नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीचच भेटवार्ता भएको थियो ।
उक्त भेटमा जसपाका सरोज यादव नेतृत्वको मधेस प्रदेश सरकार जोगाउने, सुदूरपश्चिम सरकारमा कांग्रेस सहभागी हुने र गण्डकीमा सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई विश्वासको मत पुर्याउनेलगायतका विषयमा छलफल भएको थियो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको केन्द्र सरकारमा सहभागी एकीकृत समाजवादीभित्र सरकार छाड्ने कि नछाड्ने भन्नेमा मतभेद छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij