Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

राजनीति 

सभापति देउवा र अध्यक्ष नेपालबीच भेटवार्ता हुँदै, नेकपा (एस)ले सरकार छोड्न लागेको हो ?

सभापति देउवा र अध्यक्ष नेपालबीच भेटवार्ता हुँदै, नेकपा (एस)ले सरकार छोड्न लागेको हो ?


  • 6.1K
    Shares

    सभापति देउवा र अध्यक्ष नेपालबीच भेटवार्ता हुँदै, नेकपा (एस)ले सरकार छोड्न लागेको हो ?
    images

    काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुँदैछ । 

    नेपाल र देउवाबीच आज (बुधबार) अपरान्ह ५ बजे भेटवार्ता हुने देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । 

    भानुका अनुसार देउवाले मधेसवादी दललाई पनि छलफलका लागि बोलाएका छन् । मधेस प्रदेश प्रदेश सरकार लगायतका विषयमा छलफल गर्न देउवाले एकीकृत समाजवादी, जसपा नेपाल र लोसपालाई बोलाएका हुन् ।

    मधेस प्रदेशमा एमाले, माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि जसपा नेपालका सरोज यादवको सरकार अल्पमतमा परेको छ । 

    मधेसमा कांग्रेस, जसपा नेपाल, एकीकृत समाजवादी, लोसपास एक ठाउँमा आउँदा मधेसमा केन्द्रीय सत्ता गठबन्धनविरुद्धको सरकार बन्ने देखिन्छ । 

    उक्त प्रदेशमा कांग्रेसका २२, जसपा नेपालका १९, एकीकृत समाजवादीका ७ र लोसपाका ८ गरी ५६ सांसद छन् । १०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ । 

    प्रकाशित मिति :जेठ १६ २०८१ बुधवार - १५:४८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij