२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गरिएको रिट निवेदन सुनुवाइ नहुने भएको छ ।
महान्यायाधिवक्ता दिनमणि पोखरेललाई समेत विपक्षी बनाइएको रिट सुनुवाइ गर्न आज (बुधबार) सर्वोच्च अदालतका न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको थियो ।
निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न निवेदन दिएकाले आज सुनुवाइ नगरिएको हो ।
महान्यायाधिवक्ता पोखरेलले गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा ‘क्लिन चिट’ दिएपछि अधिवक्ता अनुपम भट्टराईले रिट दर्ता गराएका हुन् ।
अनुसन्धान गर्ने निकाय गृह मन्त्रालयकै नेतृत्वमा लामिछाने भएकाले उनलाई पदबाट निलम्बन गरी सहकारी ठगीको छानबिन हुनुपर्ने माग रिटमा गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij