Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

सरकारले कुन मन्त्रालयलाई कति बजेट विनियोजन गर्यो ? (पूर्णविवरणसहित)

सरकारले कुन मन्त्रालयलाई कति बजेट विनियोजन गर्यो ? (पूर्णविवरणसहित)


  • 3.2K
    Shares

    सरकारले कुन मन्त्रालयलाई कति बजेट विनियोजन गर्यो ? (पूर्णविवरणसहित)
    images

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट घोषणा गरेको छ ।

    विनियोजन बजेट मध्ये चालु खर्चतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब (१८.९४ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड (१९.७४ प्रतिशत) विनियोजन गरिएको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए । 

    यस्तो छ बजेटको मन्त्रालयगत वितरण 

    –कृषि तथा पशुपक्षी मन्त्रालयका लागि  ५७ अर्ब २९ करोड

    –उर्जा क्षेत्रका लागि ५० अर्ब ७४ करोड 

    –सञ्चार मन्त्रालयका लागि ७ अर्ब ३५ करोड

    –संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि ११ अर्ब ५५ करोड रुपैयाँ

    –भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ६ अर्ब ८२ करोड रुपैयाँ 

    –वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड रुपैयाँ 

    –शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ

    –उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड रुपैयाँ 

    –खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ

    –श्रम तथा रोजगार मन्त्रालयका लागि ८ अर्ब १० करोड रुपैयाँ 

    –भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ

    –रक्षा मन्त्रालयका लागि ५९ अर्ब ७७ करोड रुपैयाँ

    –गृह मन्त्रालयका लागि १ खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ 

    –परराष्ट्र मन्त्रालयका लागि ६ अर्ब ७७ करोड रुपैयाँ 

    –स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड रुपैयाँ

    –युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड रुपैयाँ 

    प्रकाशित मिति :जेठ १५ २०८१ मंगलवार - १७:०६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij