Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै, के–के छन् कार्यसूची ? 

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै, के–के छन् कार्यसूची ? 


  • 1.9K
    Shares

    प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै, के–के छन् कार्यसूची ? 
    images

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

    आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण’ले राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ गरियोस् भनेर प्रस्ताव पेश गर्ने कार्यसूची छ।

    त्यसैगरी सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल गर्ने कार्यसूची पनि छ। त्यसपछि प्रधानमन्त्री प्रचण्डले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन्। 

    हेर्नुहोस् आजको बैठकको लागि कार्यसूची 

    news.JPG

    प्रकाशित मिति :जेठ ११ २०८१ शुक्रवार - ०६:२४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij