Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

राजनीति

सहकारी ठगी प्रकरण : संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी

सहकारी ठगी प्रकरण : संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी


  • 2.5K
    Shares

    सहकारी ठगी प्रकरण : संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी
    images

    काठमाडौं । सहकारी ठगी छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश टुंगो लगाउन बनाइएको कार्यदलको बैठक जारी छ । 

    बिहीबार अपराह्न कार्यदलको बैठक सिंहदरबारस्थित कानुन मन्त्रालयमा जारी छ । 

    आजको बैठकमा समितिको क्षेत्राधिकार र कार्यादेशबारे टुंगो लगाउने सहमतिको प्रयास हुने बताइएको छ ।

    कार्यादेश टुंगो लगाउन नेकपा (एमाले)का नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको छ ।

    कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनाल सदस्य छन् । 

    प्रकाशित मिति :जेठ १० २०८१ बिहिवार - १५:३३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij