२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा प्रतिवाद र सडकमा आन्दोलन गर्ने निर्णय गरेको छ ।
आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको पार्टी संसदीय दल र केन्द्रीय समितिको बैठकबाट उक्त निर्णय गरेको हो ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न भएको भन्दै उनी उपर छानबिनको माग गर्दै संसदीय समिति गठनको माग गरेको थियो ।
तर, आज बसेको बैठले सहकारी प्रकरणमा ससदीय छानबिन समिति गठनको माग गर्न सदन र सडकबाट सहकारी पीडितको पक्षमा आवाज उठाउने निर्णय गरिएको केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिइन् ।
सहकारी बचतकर्ताको बचत फिर्ता हुनुपर्ने मुख्य माग राख्दै पहिलो चरणमा यही शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आन्दोलन गर्ने पनि संग्र्रौलाले बताइन् ।
त्यसपछि ठगी भएका ठूला सहकारी रहेका शहर पोखरा, बुटवलमा आन्दोलन गर्ने उनको भनाइ छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij