Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

सहकारी प्रकरण

रास्वपालाई २०८४ मा लखेट्ने भन्दै सहकारी पीडितहरूले गरे आन्दोलनको घोषणा   

रास्वपालाई २०८४ मा लखेट्ने भन्दै सहकारी पीडितहरूले गरे आन्दोलनको घोषणा   


  • 4.0K
    Shares

    रास्वपालाई २०८४ मा लखेट्ने भन्दै सहकारी पीडितहरूले गरे आन्दोलनको घोषणा   
    images

    काठमाडौं । सहकारी पीडितहरूले आन्दोलनको घोषणा गरेका छन् । बचतकर्ताहरूले जम्मा गरेको रकम अपचलन गर्नेविरुद्ध आन्दोन घोषणा गरेका हुन् । 

    सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सहकारीको रकम अपचलन गर्नेविरुद्ध आफूहरूले शुक्रबारदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् । 

    महासंघका अध्यक्ष कुशलव केसीले ११ गते ११ बजेदेखि माइतीघरमा रिले अनशन सुरु गरेर आन्दोलन गर्ने बताए । ‘हाम्रो माग पूरा नभएसम्म देशैभरका सहकारी पीडित एकजुट भएर आन्दोलन गर्छौँ । र, बचत फिर्ता नभएसम्म आन्दोलन जारी रहन्छ,’ पत्रकार सम्मेलनमा केसीले भने ।

    गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने सहकारी ठगीमा संलग्न भएको भन्दै प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिन समितिको माग गरेको थियो । त्यसपछि समिति गठन भएपनि कार्यादेशमा कुरा मिलेको छैन । 

    त्यस्तै सहकारी पीडितहरूले उक्त सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै मिसन– २०८४ मा भोट माग्न आए घरबाटै लखेट्ने बताएका छन् ।

    केही वर्षयता रास्वपाले सार्वजनिक तथा पार्टीका कार्यक्रममा मिसन– २०८४ भन्दै आएको छ । ८४ मा आमनिर्वाचन हुनेछ । 

    प्रकाशित मिति :जेठ ९ २०८१ बुधवार - १३:०६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij