Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

प्रधानमन्त्रीसँग बंगालादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग बंगालादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट


  • 3.2K
    Shares

    प्रधानमन्त्रीसँग बंगालादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बंलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री साबेर हुसेन चौधरीले शिष्टाचार भेट गरेका छन् । 

    सिंहदरबारमा आज भएको भेटमा उनीहरुबीच विद्युत् व्यापार, जलवायु परिवर्तन एवं द्विपक्षीय आपसी चासोका विविध विषयमा छलफल भएको छ । 

    सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल–बङ्गालादेशबीच हुने विद्युत् व्यापार गर्नका लागि आवश्यक पर्ने प्रक्रिया पूरा हुने अवस्थामा रहेको र छिट्टै दुई देशबीच व्यापार सुरु हुने विश्वास व्यक्त गरे । 

    आगामी दिनमा विद्युत् व्यापार क्षेत्रीयस्तरमै सहजरूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै उनले त्यसका लागि आवश्यक नियमन एवं भौतिक संरचना तयार हुँदै गएकोप्रति खुशी व्यक्त गरे ।

    प्रधानमन्त्री प्रचण्डले नेपाल र बंगलादेश दुवैले जलवायु परिवर्तन असर बेहोर्नु परेको उल्लेख गर्दै यस्ता साझा मुद्दामा दुवै देशले सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

    बंगलादेशका मन्त्री चौधरीले नेपाल–बङ्गदादेशबीच ऊर्जा सहकार्य अगाडि बढेको उल्लेख गर्दै छिट्टै ऊर्जा व्यापार भएर दुवै देशले लाभ लिन सक्ने अवस्थामा पुगिएको बताए । 

    उनले प्रधानमन्त्री प्रचण्डलाई नेपाल–बङ्गलादेशबीच हुने ऊजाृ व्यापारका सबै तयारी पूरा भएको जानकारी समेत गराए ।  

    प्रकाशित मिति :जेठ ८ २०८१ मंगलवार - १६:३५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij