Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

सम्पत्ति विवरण 

सञ्चारमन्त्री शर्माको : २० लाख रकम सहकारीमा बचत, अन्य सम्पत्ति के छ ? (विवरणसहित)

सञ्चारमन्त्री शर्माको : २० लाख रकम सहकारीमा बचत, अन्य सम्पत्ति के छ ? (विवरणसहित)


  • 2.3K
    Shares

    सञ्चारमन्त्री शर्माको  : २० लाख रकम सहकारीमा बचत, अन्य सम्पत्ति के छ ?  (विवरणसहित)
    images

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको २० लाख रुपैयाँ सहकारीमा रहेको छ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मन्त्रीहरूको सम्पत्ति विवरण मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा राखेको छ । 

    उक्त विवरणअनुसार सञ्चारमन्त्री शर्मासँग एक लाख ७८ हजार रुपैयाँ दुई बैंकमा बचत रहेको छ । कीर्तिपुरमा उनको २.५ तलाको घर रहेको उल्लेख छ । प्युठानमा रहेको पैतृक घर बिक्री गरी अर्काे घर निर्माणमा लगानी गरेको उल्लेख छ । पैतृक तथा उपहारबापतको ६ तोला सुन र दुई तोला चाँदी पनि उनीसँग रहेको छ ।

    उनको परिवारका सदस्यसहितको नाममा एक हजार ५०० कित्ता आईपीओसहितको सेयर रहेको पनि उल्लेख छ । उनीसँग ३६ लाख रुपैयाँको कार र बैंकबाट ६५ लाख रुपैयाँ ऋण लिएको विवरणमा उल्लेख छ ।

     

    3.jpg1.jpg

    2.jpg

     

    प्रकाशित मिति :जेठ ८ २०८१ मंगलवार - १५:५९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij