Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

श्रममन्त्रीको सम्पत्ति : काठमाडौंमा ३ करोडको घर, सहकारीमा डेढ करोड नगद

श्रममन्त्रीको सम्पत्ति : काठमाडौंमा ३ करोडको घर, सहकारीमा डेढ करोड नगद


  • 2.9K
    Shares

    श्रममन्त्रीको सम्पत्ति : काठमाडौंमा ३ करोडको घर,  सहकारीमा डेढ करोड नगद
    images

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आफूसँग सहकारीमा १ करोड ५० लाख नगद जम्मा रहेको सम्पत्ति विवरणमा सार्वजनिक गरेका छन्। मंगलबार सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार, जनसागर सहकारीमा १ करोड ५० लाख नगद जम्मा भएको उल्लेख गरेका हुन्। 

    उनले व्यापारबाट सो रकम आर्जेको विवरणमा बुझाएका छन्। यस्तै प्राइम बैंकमा १३, राष्ट्रिय वाणिज्य बैंकमा ४ र मेगा बैंक बैंकमा एक लाख नगद मौज्जाद रहेको विवरण बुझाएका छन्।

    अर्यालले श्रीमती अम्बिका केसीको नाममा ग्लोबल आइएमइ बैंकमा ५० लाख र हिमालयन बैंकमा २० लाख नगद मौज्जाद रहेको विवरण पेश गरेका छन्। 

    अर्यालले धादिङका विभिन्न स्थानमा ८ आना, भक्तपुरमा ८ आना र लमजुङमा १० रोपनी २८ आना जग्गा रहेको उल्लेख गरेका छन्।

    यसैगरी भक्तपुरमा ८ आना जग्गा उनकै नाममा छ। यस्तै, श्रीमती अम्बिकाको नाममा काठमाडौंका विभिन्न स्थानमा २२ आना जग्गा रहेको उल्लेख गरेका छन्।

    १ करोड २५ लाखको प्राडो कार, श्रीमतिसँग ४३ लाखको टाटा नेक्सन ईभी रहेको पनि उनले बताएका छन्।

     

    प्रकाशित मिति :जेठ ८ २०८१ मंगलवार - १५:४७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij