Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

संसद् बैठक

पाँच दिनमै एकाएक सरकारले ‘राजनीतिक दलसम्बन्धी विधेयक–२०८०’ किन लियो फिर्ता ? 

पाँच दिनमै एकाएक सरकारले ‘राजनीतिक दलसम्बन्धी विधेयक–२०८०’ किन लियो फिर्ता ? 


  • 3.7K
    Shares

    पाँच दिनमै एकाएक सरकारले ‘राजनीतिक दलसम्बन्धी विधेयक–२०८०’ किन लियो फिर्ता ? 
    images

    काठमाडौं । प्रतिनिधिसभाबाट ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ फिर्ता भएको छ ।

    आजको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले उक्त विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए ।

    उक्त प्रस्ताव प्रतिनिधिसभाको बहुमतबाट स्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

    सभामुख घिमिरेले उक्त प्रस्तावमाथि विरोधको सूचना भए पेस गर्न आग्रह गरेका थिए । सांसदबाट विरोधको कुनै सूचना नपरेपछि सभामुखले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए । 

    यही जेठ ३ गतेको मन्त्रिपरिषद् बैठकले संसदमा पेस भएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक–२०८० लाई फिर्ता लिने निर्णय गरेको थियो । 

    प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ११ गते बिहान ११ बजे बस्नेछ ।

    प्रकाशित मिति :जेठ ८ २०८१ मंगलवार - १४:२९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij