Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

संसद् ताण्डव

उपसभापति र महामन्त्रीमाथि लगाएको आरोप प्रमाणित गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती 

उपसभापति र महामन्त्रीमाथि लगाएको आरोप प्रमाणित गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती 


  • 1.9K
    Shares

    उपसभापति र महामन्त्रीमाथि लगाएको आरोप प्रमाणित गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती 
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले संसदीय छानबिन समितिको मागबाट आफ्नो पार्टी पछि नहटेको बताएका छन् । 

    मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पाण्डेले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको दाबी गरे । 

    उनले आइतबार गृहमन्त्री लामिछानेले संसदमा नबोलेर बर्बराएको आरोप लगाए । उनले गृहमन्त्रीले कांग्रेसका उपसभापति धनराज गुरुङ र महामन्त्रीमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिए । 

    उनले भने, ‘गृहमन्त्रीले हाम्रो पार्टी उपसभापति र महामन्त्रीमाथि जुन किसिमको लाञ्छना लगाउनुभयो म चुनौती दिन चाहन्छु, गृहमन्त्रीले हाम्रो पार्टीका उपसभापति र महामन्त्रीको नाम किटेरै टिओआर लेख्नुपर्ने हो कि कांग्रेसकै नाम लेख्नुपर्ने परेपनि लेख्नुस् । छानबिनको समय पनि तोक्नुस् र छानबिनको निचोड हाम्रो उपसभापति र महामन्त्री दोषी हुनुभयो भने कांग्रेसका का–ेकोलाई कारबाही गर्न सक्नुहुन्छ । उहाँले देशको सूचना बेच्ने एजेण्ट यही सदनमा छ भन्नुभयो । माननीय त्यो देखाउननुस् हामी गलहत्याउन तयार छौँ, होइन तपाईं निराधार आरोप लगाउँदै हुनुहुन्छ भने तपाईंलाई गलहत्याउन पनि हामी चुक्ने छैनौँ ।’    

    प्रकाशित मिति :जेठ ८ २०८१ मंगलवार - १२:३४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij