Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

राजनीति

गृहमन्त्री रविमाथि छानबिन गर्नुपर्ने कांग्रेसको अडानले कार्यदलको बैठक निष्कर्षविहीन

गृहमन्त्री रविमाथि छानबिन गर्नुपर्ने कांग्रेसको अडानले कार्यदलको बैठक निष्कर्षविहीन


  • 2.5K
    Shares

    गृहमन्त्री रविमाथि छानबिन गर्नुपर्ने कांग्रेसको अडानले कार्यदलको बैठक निष्कर्षविहीन
    images

    काठमाडौं । सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्षविहीन भएको छ ।

    कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा सत्ता पक्ष र प्रतिपक्ष दलका सदस्यहरु यथावत अडान भएकाले बैठक निष्कर्षविहीन भएको हो ।

    नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी उनी मुछिएको सहकारी संस्थामा पनि संसदीय समितिले छानबिन गर्नुपर्ने अडान राखेको थियो भने एमाले र रास्वपा त्यो कुरामा सहमत भएनन् ।

    गत आइतबार पनि यही विषयमा विवाद हुँदा कार्यदलको बैठक निष्कर्षविहीन भएको थियो । कार्यदलले कार्यादेश टुंगो लगाउन नसक्दा संसदीय छानबिन समिति गठन पनि अनिश्चित बनेको छ संसदीय समिति गठन नहुँदा संसद्को गतिरोध पनि अन्त्य हुन सकेको छैन ।

    आज बिहान ११ बजे बोलाइएको संसद् बैठक अहिलेसम्म बस्न सकेको छैन ।

    प्रकाशित मिति :जेठ ८ २०८१ मंगलवार - १०:५९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij