Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

राजनीति

गृहमन्त्रीको गवाही दिँदै प्रधानमन्त्रीले भने– रविलाई बोल्न दिनुस्, संसदीय समिति बन्छ 

गृहमन्त्रीको गवाही दिँदै प्रधानमन्त्रीले भने– रविलाई बोल्न दिनुस्, संसदीय समिति बन्छ 


  • 5.1K
    Shares

    गृहमन्त्रीको गवाही दिँदै प्रधानमन्त्रीले भने– रविलाई बोल्न दिनुस्, संसदीय समिति बन्छ 
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिन आग्रह गरेका छन् । प्रतिपक्षी कांग्रेसले संसद् बैठक अवरुद्ध गर्ने सम्भावना बलियो देखेपछि उनले यस्तो आग्रह गरेका हुन् । 

    प्रधानमन्त्री प्रचण्डले आज (बिहीबार) बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई टेलिफोन गरेरै रविलाई संसद्मा बोल्न दिन आग्रह गरेका हुन् ।

    रविलाई संसद्मा बोल्न दिए संसदीय छानबिन समिति समेत गठन गर्न सकिने देउवालाई आश्वासन दिएका छन् । सहकारी ठगी प्रकरणमा रविमाथि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले संसद् अवरुद्ध पार्दै आएको छ । 

    कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै भने– ‘रवि लामिछानेलाई संसद्मा बोल्न दिनुस् । समिति बन्छ भन्नुभएको छ । यसमा हामी सकारात्मक छौं ।’

    आज बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक अपरान्ह ४ बजे सारिएको छ भने राष्ट्रिय सभाको बैठक ४ः१५ बजे बस्नेछ ।  

    प्रकाशित मिति :जेठ ३ २०८१ बिहिवार - १३:१६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij