२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रवि लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सघन छलफल जारी छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच छलफल भइरहेको स्रोतले बताएको छ ।
यी तीन नेताबीच बुधबार पनि सिंहदरबारमा छलफल भएको थियो । आजको संसद् बैठकअघि पनि नेताहरू छलफलमा जुटेका हुन् ।
प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहकारीको बचत हिनामिनाबारे छानबिन गर्न संसदीय समिति नबनाइएसम्म संसद् बैठक सञ्चालन गर्न दिने अडान लिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij