Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

वर्षे अधिवेशन 

संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची 

संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची 


  • 2.0K
    Shares

    संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची 
    images

    काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दैटछ । जसअन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्नेछ ।

    संसद् सचिवालयले बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठक बोलाइए पनि संसद् चल्ने र नचल्ने निश्चित छैन ।

    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ । सहकारीको बचत अपचलन र ठगी प्रकरणमा गृहमन्त्री लामिछाने दोषी भएको कांग्रेसको आरोप छ । 

    कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ । माग पूरा नभएसम्म सदन चल्न नदिने कांग्रेसको अडान छ ।

    जसका कारण नीति तथा कार्यक्रम प्रस्तुत भए पनि सदनमा टेबुल हुन सकेको छैन । राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव समेत प्रस्तुत हुन सकेको छैन ।

    त्यस्तै राष्ट्रिय सभा बैठक पनि आजै बस्नेछ । बैठक दिउँसो १ः१५ बजे बस्नेछ । संसद् सचिवालयले बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । 

    सार्वजनिक सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट भएको संबोधनको प्रति टेबुल गर्ने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने, राष्ट्रपतिको संबोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्नेलगायत ६ बुँदा छन् । 

    प्रकाशित मिति :जेठ ३ २०८१ बिहिवार - ०९:२६:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij