Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

ट्राफिक सप्ताहको अन्तिम दिन आज रक्तदान कार्यक्रम हुदैँ

ट्राफिक सप्ताहको अन्तिम दिन आज रक्तदान कार्यक्रम हुदैँ


  • 2.5K
    Shares

    ट्राफिक सप्ताहको अन्तिम दिन आज रक्तदान कार्यक्रम हुदैँ

    काठमाडौं । ट्राफिक सप्ताहको आज अन्तिम दिन रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाको आयोजनामा सदरमुकामको लोकतान्त्रिक चोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाईटी गोरखा शाखाको समन्वयमा शाखाको प्राङगणमा रक्तदान सम्पन्न भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी बरिष्ठ नायब निरिक्षक शिवप्रसाद पाठकले जानकारी दिए ।

    रक्तदान कार्यक्रमबाट २० पिन्ट रगत संकलन भएको र सबै रगत रक्त संकलन केन्द्र गोरखालाई हस्तान्तरण गरिएको कार्यालयले जानकारी दिएको छ ।

    रक्तदानमा सहभागी भएकाहरुलाई जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरिक्षक बासुदेव पाठक र शसस्त्र प्रहरीका सशस्त्र प्रहरी नायब उपरिक्षक सुमन बोगटीले प्रसंशा पत्र प्रदान गरेका थिए ।

    रक्तदान कार्यक्रममा ट्राफिक प्रहरी ९, नेपाल प्रहरी ५, शसस्त्र प्रहरी २, यातायात ब्यवसायी ४ जनाले रक्तदान गरेको कार्यालयले जनाएको छ । बैशाख २५ गतेदेखी सुरु भएको सप्ताह ब्यापी कार्यक्रम आज विभिन्न कार्यक्रम गरेर समापन हुँदै छ ।

    प्रकाशित मिति :बैशाख ३१ २०८१ सोमवार - १४:५०:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij