२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेताहरुबीचको छलफल भएको छ छ । उक्त छलफल केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो ।
जारी संसद् बैठकको अवरोध हटाउनेबारे प्रधानमन्त्री र प्रतिपक्षी कांग्रेसबीच छलफल भएको थियो । संसद्को अवरोध हटाउनेबारे प्रधानमन्त्रीले आज (आइतबार) बिहान छलफल गरेका थिए ।
तथापि प्रधानमन्त्रीसँगको छलफलमा कांग्रेसका नेताहरुले आफ्नो अडान छोडेका छैनन् । उनीहरुले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग कायमै राखेका छन् । यद्यपि संसदीय छानबिन समिति गठन नभए कांग्रेसले संसद् चल्न नदिने चेतावनी दिँदै आएको छ ।
नेताहरुको अडान र मागप्रति प्रधानमन्त्री सकारात्म भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए । संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै गत शुक्रबार बसेको संसद् बैठक कांग्रेसले अवरुद्ध गरेको थिए ।
प्रधानमन्त्रीसँगको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन तथा, नेताद्वय कृष्ण सिटौला र रमेश लेखक सहभागी थिए ।
आगामी जेठ १ गते संसद् बैठक बस्दैछ । उक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij