२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी कांग्रेसका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ । उक्त छलफल केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।
जारी वर्षे एवं बजेट अधिवेशनको अवरुद्ध खुलाउनेबारे प्रधानमन्त्री र कांग्रेसका शीर्ष नेताहरुबीच छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगकुमार थापा नेताहरू कृष्ण सिटौाला, रमेश लेखक सहभागी छन् ।
गत शुक्रबारदेखि सुरु भएको संसद् अधिवेशन प्रतिपक्षी कांग्रेसले अवरुद्ध पारेको थियो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको बचत अपचलन गरेको भन्दै संसद् अवरुद्ध पारेको थियो ।
जेठ १ गते बस्ने संसद् बैठक पनि अवरुद्ध गर्ने कांग्रेसले चेतावनी दिएको छ । उक्त संसद् बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij