Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

राजनीति

कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगन

कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगन


  • 3.5K
    Shares

    कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगन
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभाको आजको दोस्रो बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन गरिएको छ ।

    सभाको पहिलो बैठकमा वर्षे अधिवेशन आरम्भ भएका अवसरमा दलीय आधारमा सांसदहरूले बोल्नेक्रम सकिएपछि प्रतिपक्षीले विरोध गर्ने चेतावनी दिएपछि अध्यक्ष नारायण दाहालले १५ मिटेनका लागि बैठक स्थगन गरेका हुन् । 

    दोस्रो बैठक आरम्भ हुनासाथ  कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि अध्यक्ष दाहालले सो दलका सांसद कृष्णबहादुर रोकायलाई बोल्न समय दिए । 

    सांसद रोकायले विपक्षीले उठाउँदै आएको सहकारी अनियमितताका विषयमा संसदीय छानबिन समिति गठन नगरेसम्म सदनका कार्यसूची अघि बढ्न नसक्ने स्पष्ट पारे ।  

    विपक्षी सांसदको अवरोध कायमै रहेपछि अध्यक्ष दाहालले यही जेठ १ गते मङ्गलबार अपरान्ह ५ः३० बजेसम्मका लागि बैठक स्थगन गरे । –रासस  

    प्रकाशित मिति :बैशाख २८ २०८१ शुक्रवार - १६:४०:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij