२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । दुई घण्टा ढिला प्रारम्भ भएको संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् बैठकमा उठेरै नाराबाजी गरेपछि उक्त बैठक स्थगित भएको हो ।
सभामुख देवराज घिमिरेले बजेट अधिवेशन प्रारम्भ भएको राष्ट्रपति रामचन्द्र पौडेलको पत्र वाचन गर्नासाथ कांग्रेसका सांसदहरू उभिएर सदन अवरोध गरेका हुन् ।
कांग्रेस महामन्त्री गगनकुमार थापाले गृहमन्त्री रवि लामिछानेको सहकारी रकम अवचलनबारे छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने अडान राखेपछि सभामुख जंगिएर बैठक स्थगित गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij