२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । पूर्वनिर्धारित समयभित्रै संसद् बैठक बस्न सकेको छैन । आज (शुक्रबार) दिउँसो २ बजे बस्ने भनिएको उक्त बैठक अहिलेसम्म बस्न सकेको छैन ।
दलहरुबीच सहमति नजुटेपछि संसद् बैठक सुचारु हुन सकेको छैन । कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसक्दा बैठक बस्न ढिला भएको बताइएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आजको बैठकमा बोल्न दिने वा नदिने भन्ने सहमति दलहरूबीच नजुट्दा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको छैन ।
अहिले सभामुख देवराज घिमिरेले विभिन्न दलका नेताहरुसँग छलफल गरिरहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij